दफा २१क
पदाधिकारीको घरघरानाबाट असूलउपर गरिने
संस्थाको कुनै पदाधिकारीले व्यक्तिगत स्वार्थ वा यस ऐनको उद्देश्य विपरीत बदनियतपूर्ण तरीकाले वित्तीय मध्यस्थताको काम कारबाही गरे गराएमा वा संस्थाको रकम हिनामिना गरेमा बैङ्कले त्यस्ता पदाधिकारीको घरघराना वा उसको नाम र स्वामित्वमा नेपाल …………. मा रहेको चल अचल सम्पत्तिबाट त्यस्तो हिनामिना भएको रकम असूलउपर गर्ने गराउनेछ ।